• भदौ २२, २०८२
  • No Comment
  • 90

चौकुनेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस सम्पन्न

चौकुने गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस मनाइएको छ ।
चौकुने गाउँपालिकाको आयोजनामा, समाज जागरण केन्द्र नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो । त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखनविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।दिवसका अवसरमा गुटुको विशालबजार देखि चौकुने गाउँ पालिकाको भवनसम्म सचेतनामूलक पम्पलेट बोकेर प्रभातफेरी निकालिएको हो। प्रभातफेरी बिशालबजारबाट पालिका भवनसम्म पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागीले ‘आफ्नो सुरक्षामा आफैं लागौँ, मानव बेचबिखनविरुद्ध हामी सबै जागौँ, हाम्रो सबैको एउटै चाहना मानव बेचबिखनरहीत समाजको परिकल्पना, हामी सबै लागौं, मानव बेचबिखन अन्त्य गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *