• भदौ १६, २०८२
  • No Comment
  • 36

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो । चौधरीले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको भाइजर मुनि तथा ह्याण्डिलको टी–गार्डभित्र लुकाइराखिएको ९ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

त्यसैगरी, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ । उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको २३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै…
कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

वीरेन्द्रनगर । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ तथा ७५ औं वार्षिकोत्सवको अवसरमा कर्णालीमा विद्यार्थीमाझ कार्यक्रम सुरु गरेको छ।…
मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। साविक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *