• भदौ १८, २०८२
  • No Comment
  • 98

यसरी बदाम खाँदा दोहोरो फाइदा

जाडो र मनसुनको मौसममा बदाम खानुको आनन्द मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि ठूलो लाभ हुन्छ। भुटेर खाए पनि वा सलादमा मिसाएर सेवन गरे पनि बदामले शरीरलाई ऊर्जा दिन्छ र धेरै गम्भीर समस्याबाट जोगाउँछ।

बदाममा पाइने स्वस्थ बोसो र ओमेगा–३ फ्याटी एसिडले मुटु स्वस्थ राख्छ। यसले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउँछ, जसले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ। धेरैको धारणा विपरीत, बदाम तौल बढाउने होइन घटाउन उपयोगी हुन्छ। सही मात्रामा खाँदा यसले लामो समय पेट भरेको महसुस गराउँछ।

त्यस्तै, बदाममा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम प्रशस्त मात्रामा हुने भएकाले हड्डी र दाँत बलियो बनाउँछ। मधुमेह नियन्त्रणमा पनि यो उपयोगी छ, किनकि यसमा पाइने म्याग्नेसियम र स्वस्थ बोसोले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ।

बदाममा पाइने भिटामिन ‘ई’ र एन्टिअक्सिडेन्टले छालालाई चम्किलो बनाउन र कपाललाई बलियो बनाउन मद्दत गर्छ। नियमित सेवनले कपाल झर्ने समस्या घट्छ। यसका साथै, फाइबरको कारण पाचन सुधार हुन्छ र कब्जियत हट्छ।

तनाव र थकान कम गर्ने गुण पनि बदाममा हुन्छ। यसमा पाइने ट्रिप्टोफानले सेरोटोनिन हर्मोन बढाएर तनाव कम गर्छ र प्रोटिन तथा खनिजले शरीरलाई तुरुन्त ऊर्जा दिन्छ।

यसरी नियमित रूपमा बदाम सेवन गर्दा स्वास्थ्यमा दोहोरो फाइदा पाउन सकिन्छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *