• भदौ १८, २०८२
  • No Comment
  • 95

यसरी बदाम खाँदा दोहोरो फाइदा

जाडो र मनसुनको मौसममा बदाम खानुको आनन्द मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि ठूलो लाभ हुन्छ। भुटेर खाए पनि वा सलादमा मिसाएर सेवन गरे पनि बदामले शरीरलाई ऊर्जा दिन्छ र धेरै गम्भीर समस्याबाट जोगाउँछ।

बदाममा पाइने स्वस्थ बोसो र ओमेगा–३ फ्याटी एसिडले मुटु स्वस्थ राख्छ। यसले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउँछ, जसले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ। धेरैको धारणा विपरीत, बदाम तौल बढाउने होइन घटाउन उपयोगी हुन्छ। सही मात्रामा खाँदा यसले लामो समय पेट भरेको महसुस गराउँछ।

त्यस्तै, बदाममा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम प्रशस्त मात्रामा हुने भएकाले हड्डी र दाँत बलियो बनाउँछ। मधुमेह नियन्त्रणमा पनि यो उपयोगी छ, किनकि यसमा पाइने म्याग्नेसियम र स्वस्थ बोसोले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ।

बदाममा पाइने भिटामिन ‘ई’ र एन्टिअक्सिडेन्टले छालालाई चम्किलो बनाउन र कपाललाई बलियो बनाउन मद्दत गर्छ। नियमित सेवनले कपाल झर्ने समस्या घट्छ। यसका साथै, फाइबरको कारण पाचन सुधार हुन्छ र कब्जियत हट्छ।

तनाव र थकान कम गर्ने गुण पनि बदाममा हुन्छ। यसमा पाइने ट्रिप्टोफानले सेरोटोनिन हर्मोन बढाएर तनाव कम गर्छ र प्रोटिन तथा खनिजले शरीरलाई तुरुन्त ऊर्जा दिन्छ।

यसरी नियमित रूपमा बदाम सेवन गर्दा स्वास्थ्यमा दोहोरो फाइदा पाउन सकिन्छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *