• भदौ १९, २०८२
  • No Comment
  • 198

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै गुणा बढ्छ।

बिहान खाली पेटमा खाँदा तुरुन्त ऊर्जा मिल्ने, रक्तसञ्चार सुधार हुने र पाचन प्रणाली सक्रिय हुने गर्छ। व्यायाम वा योगा अघि खाँदा शरीरलाई आवश्यक कार्बोहाइड्रेट र प्राकृतिक चिनी प्राप्त भई मांसपेशी सशक्त रहने र दुखाइ कम हुने हुन्छ।

दिउँसो भोजनपछि खाँदा पाचनमा सुधार हुने र विषाक्त पदार्थ हटाउन सहयोग गर्ने उल्लेख गरिएको छ। साँझ हल्का भोक लाग्दा जंकफुडको सट्टा केरा सेवन गर्दा एसिडिटी कम हुने, पेटको जलन घट्ने र मिठाइप्रतिको लोभ पनि कम हुने बताइन्छ।

त्यस्तै, पोटासियमका कारण रक्तचाप नियन्त्रणमा रहने भएकाले मुटु स्वस्थ रहन्छ भने फाइबरले तौल घटाउन मद्दत गर्छ। भिटामिन सी र बी–६ छाला तथा कपालका लागि लाभदायक हुन्छन्। ट्रिप्टोफान नामक तत्वले सेरोटोनिन उत्पादन गरी मुड सुधार गर्ने गर्दछ।

विशेषज्ञहरू भन्छन्, “नियमित तर सन्तुलित मात्रामा सेवन गर्न सके केरा शरीरका लागि ऊर्जाको पावरहाउस बन्न सक्छ।”

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *