• भदौ १८, २०८२
  • No Comment
  • 105

कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

वीरेन्द्रनगर । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ तथा ७५ औं वार्षिकोत्सवको अवसरमा कर्णालीमा विद्यार्थीमाझ कार्यक्रम सुरु गरेको छ। बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यशालामा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र सदस्य दिनेश सिलवालको उपस्थितिमा कार्यक्रमको सुरुवात गरिएको हो।

आयोगका अनुसार यो कार्यक्रम प्रदेश राजधानीदेखि जिल्ला, पालिका हुँदै वडासम्म पुर्‍याइनेछ। सहसचिव पुरुषोत्तम शर्माले आयोगको कार्यप्रणाली र सिद्धान्तबारे विद्यार्थी तथा सरोकारवालालाई जानकारी दिने उद्देश्यले देशका सातै प्रदेशमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कर्णालीका १० वटै जिल्लास्थित सदरमुकामका पालिकाबाट विद्यार्थी सहभागी गराइएको छ। साथै मध्यपश्चिम विश्वविद्यालय र प्राविधिक शिक्षातर्फका विद्यार्थीहरूको पनि सहभागिता रहेको छ। सहभागीलाई आयोगको “नवोदित मित्र” का रूपमा स्वागत गरिने र उनीहरूलाई विद्यालय तथा साथीहरूलाई पनि आयोगबारे जानकारी दिन प्रेरित गरिने बताइएको छ।

आयोगका अध्यक्ष रेग्मीले निष्पक्ष छवि बनाएको आयोगमा युवापुस्ताले जोडिनुपर्ने धारणा राख्दै मिहिनेत र क्षमताले सरकारी सेवामा प्रवेश सहज हुने उल्लेख गरे। सुर्खेत कार्यालय प्रमुख रुद्रबहादुर कार्कीले युवालाई सार्वजनिक सेवाप्रति आकर्षित गर्ने र उत्कृष्ट कर्मचारी छनोट सुनिश्चित गर्ने योजनाअनुसार कार्यक्रम सुरु गरिएको बताए।

१६ देखि २७ भदौसम्म सबै प्रदेशमा यस्तै कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *