• भदौ १४, २०८२
  • No Comment
  • 100

अदुवाको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक

दैनिक जीवनमा अदुवा स्वाद र स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। चिया, तरकारीदेखि औषधीय प्रयोगसम्म अदुवाको प्रयोग हुने गरेको छ। तर, हालैका अनुसन्धानहरूले यसको अत्यधिक वा अनुचित सेवनले गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

अदुवामा पाइने एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणले पाचन सुधार, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र सूजन कम गर्ने फाइदा भए पनि धेरै खाएमा यसले रगत पातलो बनाउने, पाचन प्रणाली बिगार्ने, औषधिहरूसँग अन्तरक्रिया गर्ने र एलर्जीको जोखिम बढाउने सम्भावना हुन्छ।

‘प्लस वन’ जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, अदुवाले रगत जम्ने प्लेटलेटहरूको कार्यलाई सुस्त बनाउँछ। यसले हृदयघात र स्ट्रोकको जोखिम घटाए पनि रक्तस्रावको खतरा बढाउँछ, विशेषतः एस्पिरिन वा एन्टी–थ्रोम्बोटिक औषधि सेवन गर्ने व्यक्तिमा।

त्यस्तै, ‘फूड साइन्स एण्ड न्यूट्रिशन’को अनुसन्धानले अत्यधिक सेवनले पेटमा जलन, ग्यास र पखाला निम्त्याउने उल्लेख गरेको छ। संवेदनशील व्यक्तिमा ग्यास्ट्रिकसमेत बढ्न सक्छ।

‘इन्टरनेशनल जर्नल अफ एन्डोक्राइनोलजी एण्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययनअनुसार, अदुवाले मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरूको प्रभावमा अवरोध ल्याउन सक्छ, जसले रक्तचिनी अत्यधिक घट्ने खतरा बढाउँछ।

यसबाहेक, केहीमा अदुवाले हल्कादेखि गम्भीर एलर्जीसमेत गराउन सक्ने वैज्ञानिकहरूले बताएका छन्। गर्भवती महिलाका लागि पनि अत्यधिक सेवन जोखिमपूर्ण हुने भएकाले चिकित्सकको सल्लाहबिना अदुवाको मात्रा नबढाउन सुझाव दिइएको छ।

विज्ञहरूका अनुसार, अदुवा स्वास्थ्यका लागि लाभदायक भए पनि यसको प्रयोग सन्तुलित र सूचित रूपमा मात्र गर्नु उपयुक्त हुन्छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *