• भदौ १३, २०८२
  • No Comment
  • 61

मधेस प्रदेशसभा बैठक पुनः स्थगित

मधेस प्रदेशसभाको दोस्रो दिनको बैठक पनि प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। आज दिउँसो बैठक सुरु भएको केही समयमै प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएपछि कार्यवाही अघि बढ्न सकेन । सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहालाई बोल्ने समय दिनुभयो। कुशवाहाले अर्थमन्त्री सुनीलप्रसाद साहले ल्याएको बजेट त्रुटिपूर्ण भएको र बहुमतको दबाबमा पारित गरिएको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो। उहाँले राजीनामा नआएसम्म सदनमा निरन्तर अवरोध गर्ने चेतावनी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको आरोपको प्रतिवाद गर्दै सर्वदलीय बैठकमा सहभागी नहुने र सदनमा अवरोध गर्ने कार्य अनुचित भएको टिप्पणी गर्नुभयो । विवाद चर्किएपछि सभामुख मण्डलले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गर्नुभयो। दुई दिनदेखि प्रतिपक्षी दलहरूले सभामुखले आह्वान गरेका सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *