• भदौ १२, २०८२
  • No Comment
  • 94

सुर्खेतमा जुवातास खेलिरहेकाे अवस्थामा ४ जना जुवाडे पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६, सनिहल लाईनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहिबार नगर प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गेष्ट हाउसको कोठा नम्बर ३०५ बाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही स्थानका ३० वर्षीय हेमन थापा, वडा नम्बर ९ बस्ने ३४ वर्षीय हेमराज थापा र सोही स्थानका ३६ वर्षीय सुरेश के.सी. रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५२५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *