• भदौ ११, २०८२
  • No Comment
  • 151

सुर्खेतमा तीजको मेला सकिएपछि सरसफाइ सम्बन्धी चेतावनी

सुर्खेत। हिजो सम्पन्न तीजको सद्भावना मेलाको सफल आयोजनाका लागि बगिना समूह, सुर्खेत र SASA School लाई धन्यवाद ज्ञापन गर्दै प्लेइङ फर चेञ्ज का अध्यक्ष प्रकाश खड्काले मेलापछि उत्पन्न फोहरलाई तत्काल व्यवस्थापन गर्न कडा आग्रह गरेका छन्।

मेलापर्वमा भीडभाड र फोहर हुनु सामान्य भए पनि यसको व्यवस्थापन अझ जिम्मेवारीपूर्ण कार्य भएको उनले बताए। आयोजकलाई आज वा भोलिसम्म मेलास्थल पूर्ण सफा गर्न अनुरोध गर्दै खड्काले भने,
“यदि भोलिसम्म पनि सरसफाइ भएन भने हाम्रो टोली पर्सि स्थलमै पुग्नेछ, त्यसपछि देखिने परिणामको जिम्मेवारी आयोजक वा सम्बन्धित निकायले लिनुपर्नेछ।”

यस्ता समस्या दीर्घकालीन रूपमा नदोहोरियोस् भनेर उनले वीरेन्द्रनगर नगरपालिकालाई पनि चेतावनी दिँदै भने, “अबदेखि मेला वा अन्य कार्यक्रमका लागि सार्वजनिक स्थल उपलब्ध गराउँदा सरसफाइ र व्यवस्थापनसम्बन्धी स्पष्ट सम्झौतासहित मात्र स्थान दिनुपर्छ।”

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *