• भदौ ११, २०८२
  • No Comment
  • 71

सुर्खेतमा तीजको मेला सकिएपछि सरसफाइ सम्बन्धी चेतावनी

सुर्खेत। हिजो सम्पन्न तीजको सद्भावना मेलाको सफल आयोजनाका लागि बगिना समूह, सुर्खेत र SASA School लाई धन्यवाद ज्ञापन गर्दै प्लेइङ फर चेञ्ज का अध्यक्ष प्रकाश खड्काले मेलापछि उत्पन्न फोहरलाई तत्काल व्यवस्थापन गर्न कडा आग्रह गरेका छन्।

मेलापर्वमा भीडभाड र फोहर हुनु सामान्य भए पनि यसको व्यवस्थापन अझ जिम्मेवारीपूर्ण कार्य भएको उनले बताए। आयोजकलाई आज वा भोलिसम्म मेलास्थल पूर्ण सफा गर्न अनुरोध गर्दै खड्काले भने,
“यदि भोलिसम्म पनि सरसफाइ भएन भने हाम्रो टोली पर्सि स्थलमै पुग्नेछ, त्यसपछि देखिने परिणामको जिम्मेवारी आयोजक वा सम्बन्धित निकायले लिनुपर्नेछ।”

यस्ता समस्या दीर्घकालीन रूपमा नदोहोरियोस् भनेर उनले वीरेन्द्रनगर नगरपालिकालाई पनि चेतावनी दिँदै भने, “अबदेखि मेला वा अन्य कार्यक्रमका लागि सार्वजनिक स्थल उपलब्ध गराउँदा सरसफाइ र व्यवस्थापनसम्बन्धी स्पष्ट सम्झौतासहित मात्र स्थान दिनुपर्छ।”

सम्बन्धित खबर

ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…
कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *