• भदौ ६, २०८२
  • No Comment
  • 84

गाई वा भैंसी कुन दूध स्वास्थ्यका लागि उपयुक्त ?

काठमाडौँ– गाई र भैंसी दुवैको दूध पोषणको उत्कृष्ट स्रोत भए पनि दुवैको पोषक तत्व, गुणस्तर र स्वास्थ्यमा प्रभाव फरक हुने भएकाले कुन दूध उपयुक्त हुन्छ भन्ने कुरा उमेर, स्वास्थ्य अवस्था र शरीरको आवश्यकता अनुसार फरक–फरक हुन्छ।

विशेषज्ञहरूका अनुसार गाईको दूधमा फ्याट कम (३–४ प्रतिशत) हुने भएकाले सजिलै पच्छ र बच्चादेखि वृद्धसम्म सबै उमेर समूहलाई उपयुक्त मानिन्छ। यसमा पानीको मात्रा करिब ९० प्रतिशत हुन्छ, भिटामिन बी१२, भिटामिन डी र एन्टिअक्सिडेन्ट तत्व प्रशस्त पाइन्छ। मोटोपना नियन्त्रण गर्न चाहने, हल्का आहार रोज्ने वा पाचन समस्या भएका व्यक्तिका लागि गाईको दूध लाभदायक हुन्छ।

भैंसीको दूधमा भने फ्याट (७–८ प्रतिशत) र प्रोटिन (१०–११ प्रतिशत बढी) हुन्छ। यसले दही, घ्यू, पनीर र खोया बनाउन उपयुक्त हुन्छ। उच्च प्रोटिन र क्याल्सियमयुक्त भएकाले हड्डी मजबुत बनाउन मद्दत गर्छ तर नवजात शिशु वा वृद्धलाई पचाउन कठिन हुन सक्छ। २५० एमएल भैंसीको दूधमा करिब २७३ क्यालोरी पाइन्छ भने सोही मात्राको गाईको दूधमा १४८ क्यालोरी हुन्छ।

कोलेस्ट्रोलको हिसाबले भैंसीको दूधमा गाईको भन्दा कम हुन्छ। त्यसैले मुटु तथा मिर्गौला सम्बन्धी रोगीलाई भैंसीको दूध उपयोगी हुन सक्छ। साथै, राति निद्रामा समस्या हुनेलाई भैंसीको दूध लाभदायक मानिन्छ।

समग्रमा, भैंसीको दूध ऊर्जा र पोषणका लागि फाइदाजनक भए पनि पचाउन गाह्रो र तौल बढाउने खालको हुन्छ भने गाईको दूध सजिलो पाचन हुने, हल्का र सबै उमेरका लागि सुरक्षित मानिन्छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *