नेपालमा ग्यास्ट्रिकलाई ‘राष्ट्रिय रोग’का रूपमा चिनिन्छ । सामान्यतया यो समस्या ४० वर्षभन्दा माथिका व्यक्तिमा देखिनुपर्ने भए पनि अहिले सबै उमेर समूहका मानिसमा फैलिएको छ ।
ग्यास्ट्रिकका लक्षणमा वाकवाकी, पेट पोल्ने, पेट फुल्ने, अमिलो डकार आउने, छाती दुख्ने र असहज महसुस हुने जस्ता समस्या देखिन्छन् । पेटमा एसिड बढी उत्पादन हुँदा ग्यास्ट्रिक हुने र दीर्घकालमा अल्सरको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।
चाउचाउ, दालमोठ, चटपटे जस्ता जंकफुडको अत्यधिक प्रयोग, अमिलो–पिरो खानेकुरा, धुम्रपान, सुर्तिजन्य पदार्थ र पेनकिलरको बढी सेवन ग्यास्ट्रिकका मुख्य कारण मानिन्छन् ।
विशेषज्ञका अनुसार ग्यास्ट्रिक भएमा केवल मुख बार्ने वा औषधि खाएर मात्र उपचार सम्भव हुँदैन । पेट खाली नराख्ने, ३–४ घण्टाको फरकमा हल्का–फुल्का खाने, अमिलो–पिरो परिकार नखाने, प्रशस्त पानी पिउने र नियमित व्यायाम गर्ने मुख्य उपाय हुन् ।
के खाने ? गिलो दालभात, हरियो सागपात, प्रशस्त पानी, पोषिला खानेकुरा र स्वच्छ खानपान।
के नखाने ? रातो मासु, अमिलो–पिरो अचार, तेलमा तारेका पदार्थ, चटपटे, समोसा, मःम, चाउमिन, कफी, चकलेट, कोक–पेप्सी जस्ता चिसो पेयपदार्थ।
चिकित्सकहरूका अनुसार ग्यास्ट्रिक र आईबीएस (इरिटेबल बावल सिन्ड्रोम) बीच फरक हुने भएकाले समस्या दीर्घकालीन भएमा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…