• भदौ ४, २०८२
  • No Comment
  • 74

कर्णाली मन्त्रिपरिषद्को निर्णय : सचिव सरुवा अधिकार मुख्यमन्त्रीलाई, कृषि कार्यक्रम स्वीकृत 

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट तीनवटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको पदस्थापन र सरुवासम्बन्धी अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो। अब प्रदेशमा खटिएका सचिवहरूलाई आवश्यकता अनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइनेछ।

त्यसैगरी, बैठकले कृषि क्षेत्रको विकासलाई लक्षित गर्दै सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’ को अस्थायी सांगठनिक संरचना स्वीकृत गरेको छ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) र एशियाली विकास बैंक (ADB) को सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सुर्खेतमा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरिनेछ। यसका लागि आवश्यक अस्थायी दरबन्दी समेत पारित गरिएको प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए।

साथै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। उनी यसअघि सोही पदमा निमित्त निर्देशकका रुपमा कार्यरत रहेका थिए।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *