• भदौ ४, २०८२
  • No Comment
  • 180

कर्णाली मन्त्रिपरिषद्को निर्णय : सचिव सरुवा अधिकार मुख्यमन्त्रीलाई, कृषि कार्यक्रम स्वीकृत 

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट तीनवटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको पदस्थापन र सरुवासम्बन्धी अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो। अब प्रदेशमा खटिएका सचिवहरूलाई आवश्यकता अनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइनेछ।

त्यसैगरी, बैठकले कृषि क्षेत्रको विकासलाई लक्षित गर्दै सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’ को अस्थायी सांगठनिक संरचना स्वीकृत गरेको छ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) र एशियाली विकास बैंक (ADB) को सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सुर्खेतमा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरिनेछ। यसका लागि आवश्यक अस्थायी दरबन्दी समेत पारित गरिएको प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए।

साथै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। उनी यसअघि सोही पदमा निमित्त निर्देशकका रुपमा कार्यरत रहेका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *