सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (भदौ ४ गते) सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेशभर सरकारी तथा सार्वजनिक सङ्घ–संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
विसं २०८१ चैत १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भदौ ४ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।