• भदौ ३, २०८२
  • No Comment
  • 182

गृह मन्त्रालयद्वारा हालसम्मकै सबैभन्दा बढी बेरुजु फर्स्योट

गृह मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बेरुजु फर्स्योट गर्न सफल भएको छ । मन्त्रालयले एकै वर्षमा २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु फर्स्योट गरी वित्तीय सुशासनमा उल्लेखनीय प्रगति हासिल गरेको हो। अघिल्लो वर्षसम्म कुल ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बेरुजु बाँकी रहेकोमा गत वर्ष ६३.१७ प्रतिशत रकम फर्स्योट भएपछि अब मन्त्रालयको कुल बेरुजु १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँमा झरेको छ ।

गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खड्गानन्द अधिकारीका अनुसार, गृहमन्त्री रमेश लेखकको निर्देशन, गृहसचिवको समन्वय तथा मातहत निकायहरूको सक्रियताले यो सफलता सम्भव भएको हो । आर्थिक वर्ष २०७८/७९ मा १.४१ प्रतिशत रहेको बेरुजु दर घट्दै २०८१/८२ मा ०.०९ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ । बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउन मन्त्रालयले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरी नियमित समीक्षा र ताकेता गर्दै आएको छ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *