• भदौ ३, २०८२
  • No Comment
  • 76

गृह मन्त्रालयद्वारा हालसम्मकै सबैभन्दा बढी बेरुजु फर्स्योट

गृह मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बेरुजु फर्स्योट गर्न सफल भएको छ । मन्त्रालयले एकै वर्षमा २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु फर्स्योट गरी वित्तीय सुशासनमा उल्लेखनीय प्रगति हासिल गरेको हो। अघिल्लो वर्षसम्म कुल ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बेरुजु बाँकी रहेकोमा गत वर्ष ६३.१७ प्रतिशत रकम फर्स्योट भएपछि अब मन्त्रालयको कुल बेरुजु १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँमा झरेको छ ।

गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खड्गानन्द अधिकारीका अनुसार, गृहमन्त्री रमेश लेखकको निर्देशन, गृहसचिवको समन्वय तथा मातहत निकायहरूको सक्रियताले यो सफलता सम्भव भएको हो । आर्थिक वर्ष २०७८/७९ मा १.४१ प्रतिशत रहेको बेरुजु दर घट्दै २०८१/८२ मा ०.०९ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ । बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउन मन्त्रालयले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरी नियमित समीक्षा र ताकेता गर्दै आएको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *