• भदौ २, २०८२
  • No Comment
  • 69

बालिकामाथि बलात्कारको अभियोगमा एक जना पक्राउ

पोखरा – कास्की प्रहरीले हाडनाता पर्ने एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा बालिकासँग सम्बन्धित अश्लील भिडियो समेत ‘डिजिटल प्लेटफर्म’ मा राखिएको अनुसन्धानबाट खुलेको छ।

‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रन’ बाट प्राप्त साइबर रिपोर्टका आधारमा काठमाडौंस्थित साइबर ब्युरोको सहकार्यमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा ती पुरुषले हाडनातामा पर्ने बालिकालाई जबरजस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बस्नेतका अनुसार, अनुसन्धानका क्रममा करणी भएका भिडियोहरू समेत डिजिटल प्लेटफर्ममा राखिएको प्रमाण फेला परेको छ। यससँगै उनले बाल यौन दुर्व्यवहार र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर समेत गरेको देखिएको छ।

कास्की प्रहरीले साउन ३० गते मोबाइल फोनसहित उनलाई पक्राउ गरेको हो। हाल कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *