• भदौ २, २०८२
  • No Comment
  • 128

बालिकामाथि बलात्कारको अभियोगमा एक जना पक्राउ

पोखरा – कास्की प्रहरीले हाडनाता पर्ने एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा बालिकासँग सम्बन्धित अश्लील भिडियो समेत ‘डिजिटल प्लेटफर्म’ मा राखिएको अनुसन्धानबाट खुलेको छ।

‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रन’ बाट प्राप्त साइबर रिपोर्टका आधारमा काठमाडौंस्थित साइबर ब्युरोको सहकार्यमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा ती पुरुषले हाडनातामा पर्ने बालिकालाई जबरजस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बस्नेतका अनुसार, अनुसन्धानका क्रममा करणी भएका भिडियोहरू समेत डिजिटल प्लेटफर्ममा राखिएको प्रमाण फेला परेको छ। यससँगै उनले बाल यौन दुर्व्यवहार र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर समेत गरेको देखिएको छ।

कास्की प्रहरीले साउन ३० गते मोबाइल फोनसहित उनलाई पक्राउ गरेको हो। हाल कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *