• साउन २८, २०८२
  • No Comment
  • 62

विहान उठ्नासाथ यी कुरा नखाऔं, खालीपेट पानी पिउनुका ७ अचुक फाइदा

साउन २९ – स्वास्थ्यलाई सुदृढ राख्न खानपानको समय र तरिका महत्वपूर्ण हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, विहान उठ्ने बित्तिकै के खाने वा नखाने भन्ने कुरा पनि स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।

स्वास्थ्य विज्ञका अनुसार खाली पेटमा तलका खानेकुरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छः

  • गोलभेँडा – यसमा रहेको एसिडले खाली पेटमा अघुलनशील पदार्थ उत्पन्न गरेर पेटमा पत्थर बन्न सक्ने जोखिम बढाउँछ ।

  • दही – पोषक भए पनि खाली पेटमा खाँदा घातक रासायनिक प्रतिक्रिया गराउन सक्छ ।

  • केरा – म्याग्नेसियमको मात्रा अत्यधिक बढाएर क्याल्सियम–म्याग्नेसियमको सन्तुलन बिगार्न सक्छ ।

  • सोडा – बढी एसिडका कारण असहजता र तमतम लाग्ने समस्या हुन्छ ।

  • औषधि – चिकित्सकको सल्लाहबिना खाली पेटमा सेवन गर्दा पेटमा एसिड बढाएर असन्तुलन ल्याउँछ ।

  • रक्सी – पेटमा जलन र पाचन समस्या निम्त्याउँछ ।

  • चटपटे खाना – खाली पेटमा चटपटे सेवन गर्दा पेटको स्वास्थ्यमा हानी पुग्छ ।

  • चिया–कफी – क्याफिन र एसिडको उच्च मात्रा पेटमा समस्या उत्पन्न गर्न सक्छ ।

यसैगरी, स्वास्थ्यका लागि खाली पेटमा पानी पिउनु निकै लाभदायक मानिन्छ । विहान उठ्ने बित्तिकै पानी पिउँदा हुने ७ प्रमुख फाइदाः

  1. भोक जगाउने – पेट सफा भएर आवश्यक पोषण ग्रहण गर्न शरीर तयार हुन्छ ।

  2. पेट सफा राख्ने – नियमित पानी पिउँदा कब्जियतको समस्या हट्छ ।

  3. शरीरको फोहोर बाहिर निकाल्ने – पिसाबमार्फत शरीरभित्रका हानिकारक तत्व बाहिर जान्छन् ।

  4. टाउको दुखाइ घटाउने – पानीको कमीका कारण हुने टाउको भारीपन कम हुन्छ ।

  5. रगत बढाउने – रेड ब्लड सेल्सको उत्पादन बढाउँछ ।

  6. मोटोपन घटाउने – मेटाबोलिजम बढाएर खराब बोसो घटाउँछ ।

  7. अनुहारमा चमक ल्याउने – पेट स्वस्थ रहँदा छालामा ताजापन र चमक आउँछ ।

स्वास्थ्य विज्ञहरु भन्छन्, “दिनको सुरुवात एक गिलास स्वच्छ पानीबाट गर्नु नै शरीरलाई दीर्घकालीन फाइदा पुर्‍याउने सरल उपाय हो।”

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *