• साउन २५, २०८२
  • No Comment
  • 249

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले समस्या मात्रै औँल्याउने होइन, समाधानका उपायहरू पनि पेश गर्न विज्ञहरूलाई आग्रह गरे । खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने सबैलाई थाहा छ, तर समाधानका लागि के गर्ने भन्ने ठोस योजना आउनुपर्छ,  तिमिल्सेनाले भने । स्थानीय सरकारले दिशानिर्देश पाएमा आगामी योजनामा प्रभावकारी रूपमा लागू गर्न सक्छ ।

उनका अनुसार गाउँमा सडक, बिजुली, खानेपानी जस्ता सुविधा पुगे पनि उपभोग गर्ने जनसंख्या शहर र विदेशतिर केन्द्रित भएको छ। विकास गाउँमा पुगेको छ, तर मान्छेहरू सहरतिर गएका छन् । यसले विकासको प्रतिफल घटाएको छ, उनले बताए । तिमिल्सेनाले संघ, प्रदेश र स्थानीय तह सबैले मिलेर गाउँमै रोजगारी र सुविधा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *