- साउन २२, २०८२
- No Comment
- 66
मनसुनमा पुदिनाको चिया: स्वास्थ्यका लागि प्राकृतिक वरदान

साउन २३ — मनसुनको समय, मुसलधारे पानी र माटोको गन्धसँगै तातो चियाको स्वादले मौसमलाई झनै रमाइलो बनाउँछ। यदि चियामा पुदिनाको पात मिसाइएको हो भने, त्यो स्वाद मात्र नभई स्वास्थ्यको लागि समेत वरदान साबित हुन सक्छ।
विशेषगरी वर्षायाममा फैलिने मौसमी रोगहरूबाट बच्नका लागि पुदिनाको चिया निकै लाभदायक मानिन्छ। आयुर्वेद र आधुनिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार पुदिनामा पाइने प्राकृतिक तत्त्वहरूले शरीरलाई भित्रैदेखि सन्तुलित राख्न सहयोग गर्छ।
पाचन प्रणालीलाई सुधार
मनसुनमा धेरैलाई ग्याँस, अपच र पेट दुख्ने समस्या हुने गर्छ। पुदिनाको चियाले पेटलाई शीतल बनाउँछ र पाचन क्रिया सहज बनाउँछ।
रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
पुदिनामा भरपूर मात्रामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ। यसले रुघाखोकी, ज्वरो र भाइरल संक्रमणबाट जोगाउँछ।
तनाव र टाउको दुखाइमा राहत
प्राकृतिक शान्तिकारक गुण भएको पुदिनाको चियाले माइग्रेन वा सामान्य टाउको दुखाइमा राहत दिन्छ। मनसुनमा वातावरणीय चापले हुने तनावलाई समेत कम गर्छ।
छालाको संरक्षणमा सहायक
वर्षायाममा छालामा एलर्जी, डन्डिफोर र दाग देखिनु सामान्य हो। पुदिनाको चियाले शरीरबाट विषाक्त तत्व निकाल्न सहयोग पुर्याउँछ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ।
स्वासप्रश्वासमा सहजता
साइनस, एलर्जी वा नाक बन्द हुने समस्यामा पुदिनाको चिया अत्यन्तै उपयोगी हुन्छ। यसले स्वास नली खुलाउन र सजिलो सास फेर्न मद्दत गर्छ।
पुदिनाको चिया बिहान खाली पेट वा बेलुकी खाजासँगै लिन सकिन्छ। दिनमा एक पटक सेवन गर्नु उपयुक्त मानिन्छ। चिया बनाउन पुदिनाका ताजा पात, अदुवा र कागती मिसाएर उमाल्दा स्वाद र औषधीय गुण दुवै बढ्छ।
पुदिनाको चिया अत्यधिक सेवन गर्दा एसिडिटीको समस्या हुन सक्छ। साथै, गर्भवती महिला र औषधि सेवन गरिरहेकाहरूले चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ।
यदि तपाईं मनसुन सिजनमा स्वास्थ्यको ख्याल राख्दै स्वादिलो पेयको खोजीमा हुनुहुन्छ भने, पुदिनाको चिया उत्तम विकल्प बन्न सक्छ। यसले शरीर मात्र होइन, मस्तिष्कलाई पनि ताजगी दिने काम गर्छ।