• साउन २२, २०८२
  • No Comment
  • 104

सुर्खेतमा घरबाटै लाखौंको सुन र नगद चोरी गर्ने १८ वर्षीय युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक घरबाट लाखौं मूल्यका सुनका गरगहना र नगद चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-४, नयाँ बजारस्थित एक घरबाट चोरी गरेको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-६, शान्तिटोल बस्ने १८ वर्षीय अर्जुन गहतराज रहेका छन् ।

प्रहरीका अनुसार, यही साउन २१ गते दिउँसो करिब साढे ११ बजे वीरेन्द्रनगर-४ नयाँ बजारमा रहेको कल्पना मल्लको घरबाट चोरी भएको थियो । घरमा कोही नभएको मौका पारी चोरले २.५ तोलाको सुनको सिक्री, मंगलसुत्र, बेरुवा औंठी, काँक्रेविहार औंठी, झाला, क्लिप, ब्रास्लेट र नगद ५० हजार रुपैयाँ चोरेको भनी प्रहरीमा उजुरी परेको थियो ।

चोरीको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनास्थलको सूक्ष्म अनुसन्धान तथा सीसीटीभी फुटेजको विश्लेषणमार्फत चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको थियो ।

अनुसन्धानका क्रममा चोरीमा संलग्न गहतराजलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट चोरी भएका केही गरगहना समेत बरामद गरिएको छ । प्रहरीले उनको साथबाट सुनको ब्रासलेट १ थान, लेडिज औंठी १ थान, बेरुवा औंठी १ थान र सिक्री १ थान बरामद गरेको छ ।

पक्राउ परेका गहतराजलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखी चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *