• साउन २२, २०८२
  • No Comment
  • 180

भेरी नदी किनारमा एक बेवारिसे शव फेला

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शव अत्यन्तै क्षतविक्षत अवस्थामा फेला परेको हो । प्रहरी निरीक्षक रेशम खत्रीले शवको नाम, थर र वतन खुल्न नसकेको जानकारी दिए । शव यति बिग्रिसकेको छ कि तत्काल पहिचान गर्न सकिने अवस्था छैन उनले भने  तर, हामी अनुसन्धानमा जुटिरहेका छौं ।

शव लामो समयदेखि पानीमा वा नदी किनारमा रहेको अनुमान गरिएको छ। प्रहरीका अनुसार शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तल्लो भाग गलेको, कीरा लागेको, छालाको रंग परिवर्तन भएको र फोहोरले ढाकिएको अवस्थामा भेटिएको छ।

सम्बन्धित खबर

रास्वपा दैलेखमा पदाधिकारी घोषणा भएपछि मत गणनामा विवाद, खसेकोभन्दा बढी मत भेटिएको आरोप

रास्वपा दैलेखमा पदाधिकारी घोषणा भएपछि मत गणनामा विवाद, खसेकोभन्दा…

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनमा सभापति चयन प्रक्रिया विवादित बनेको छ। सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएको…
दौडनुअघि केही खानेकुरा खादा स्वास्थ्यका लागि फाइदा कि हानि ?

दौडनुअघि केही खानेकुरा खादा स्वास्थ्यका लागि फाइदा कि हानि…

 काठमाडौं – फिट र स्वस्थ रहनका लागि धेरै मानिसले जिम, योग, व्यायाम र दौडलाई दैनिक जीवनको हिस्सा बनाएका छन्। तर एउटा…
  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *