• जेष्ठ २६, २०८३
  • No Comment
  • 7

गृहमा सुधन, विज्ञान तथा प्रविधिमा महावीर सिफारिस

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो।

उक्त समितिले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गरेपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

यसैबीच, प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न पनि सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित खबर

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत…
चौकुने गाउँपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण…

सुर्खेत। चौकुने गाउँपालिका तथा सामाजिक सुरक्षा कोष र EWPN कार्यक्रमको संयुक्त आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न…
खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा भेटिए, सकुशल उद्धार

खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा भेटिए, सकुशल उद्धार

काठमाडौं, भारतको उत्तराखण्डस्थित हरिद्वारको जगजीतपुर क्षेत्रमा रहेको एक घरको खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा फेला परेका छन्। सोमबार ट्याङ्की सफा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *