• जेष्ठ २६, २०८३
  • No Comment
  • 8

चौकुने गाउँपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका तथा सामाजिक सुरक्षा कोष र EWPN कार्यक्रमको संयुक्त आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका अध्यक्ष खडक बि.क. (विवश) बासपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी., वडा नं. ३ का वडा अध्यक्ष गणेश कुमार राना मगर, वडा नं. १ का वडा अध्यक्ष जिरक वडुवाल लगायत चौकुने गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कार्यपालिका सदस्य, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य तथा विषयवस्तुबारे तारा कडेलले जानकारी प्रस्तुत गर्नुभएको थियो। भने कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक डाक्टर रोशन कोजुले सामाजिक सुरक्षा कोषको उद्देश्य, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली तथा श्रमिक र रोजगारदाताले प्राप्त गर्ने विभिन्न सुविधाबारे विस्तृत जानकारी गराउनुभएको थियो। कार्यक्रममा सामाजिक सुरक्षा कोषको महत्व, यसको कार्यान्वयन प्रक्रिया र लाभग्राहीले प्राप्त गर्ने सेवासुविधाका विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रमका अध्यक्ष खडक बि.क. (विवश) बासपानेले सामाजिक सुरक्षा कार्यक्रमले श्रमिक तथा कर्मचारीहरूको सामाजिक तथा आर्थिक सुरक्षालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। सहभागीहरूको जिज्ञासा समाधान तथा सुझाव आदानप्रदानसँगै कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित खबर

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत…
गृहमा सुधन, विज्ञान तथा प्रविधिमा महावीर सिफारिस

गृहमा सुधन, विज्ञान तथा प्रविधिमा महावीर सिफारिस

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आज…
खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा भेटिए, सकुशल उद्धार

खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा भेटिए, सकुशल उद्धार

काठमाडौं, भारतको उत्तराखण्डस्थित हरिद्वारको जगजीतपुर क्षेत्रमा रहेको एक घरको खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा फेला परेका छन्। सोमबार ट्याङ्की सफा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *