- जेष्ठ २६, २०८३
- No Comment
- 13
सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ पर्नेमा भेरीगंगा नगरपालिलका १ निवासी ३० वर्षीय लक्ष्मण बि.क. रहेका छन्।
उनीविरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत सुर्खेतले २०८२ वैशाख १५ गते ६ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। फैसला पश्चात् फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित शिवशिखर सहकारी नजिकबाट मंगलबार दिउँसो उनलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका बि.क.लाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।



