• साउन १९, २०८२
  • No Comment
  • 3

अब पाकिस्तान ‘विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स’ नखेल्ने

पाकिस्तान क्रिकेट बोर्ड – पीसीबीले अब विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स, अर्थात् डब्लुसीएल, मा भाग नलिने घोषणा गरेको छ।

लाहोरमा बसेको बोर्ड अफ गभर्नर्सको बैठकपछि पीसीबीले डब्लुसीएलमा दोहोरो मापदण्ड र पक्षपाती रवैया देखिएको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेको छ।

पीसीबीका अनुसार, प्रतियोगिताले खेल भावना विपरीत जानाजानी पाकिस्तानविरुद्ध नखेल्ने टोलीलाई अंक दिएको छ, जुन निकै आपत्तिजनक हो।

विशेषगरी, भारतीय टोलीसँग हुने भनिएका दुई खेल रद्द गरिएपछि पाकिस्तानले चर्को आपत्ति जनाएको छ।
जुलाई २० र जुलाई ३१ मा भारत र पाकिस्तान च्याम्पियन टोलीबीच खेल हुने तय थियो। तर, भारतले समूह चरणको खेल खेलेन र सेमिफाइनलमा त एक बल पनि नखेलेको अवस्थामा वाकओभर पायो।

भारतले प्रतियोगितामा अन्य सबै टोलीहरूसँग भने निर्धारित खेलहरू खेलेको थियो।

यसअघि अगस्ट २ मा बर्मिङ्घममा सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिका च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले पराजित गरेको थियो।

डब्लुसीएल एउटा निजी टी-२० लिग हो, जसमा विश्वभरका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरहरूले सहभागिता जनाएका थिए।

अब पाकिस्तानले यस प्रतियोगितामा आफ्नो टोली नपठाउने स्पष्ट घोषणा गरेको छ।

सम्बन्धित खबर

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी, को-को छन् टिममा?

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी,…

सुर्खेत।सुर्खेतमा सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशले नयाँ नेतृत्व पाएको छ। महासंघको स्थायी कमिटी सदस्यसमेत रहेका…
मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–१० स्थित चराप गाउँमा लगातारको अविरल वर्षाका कारण नौ घर प्रभावित भएका छन्। साउन ११ गतेदेखि १४…
जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द, रातभरि सम्पर्कविहीन हुन्छन् स्थानीय

जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द,…

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि स्थानीय बासिन्दाले एक अनौठो र गम्भीर समस्या भोगिरहेका छन्। यहाँ हरेक दिन घाम अस्ताएसँगै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *