• साउन १९, २०८२
  • No Comment
  • 2

अब पाकिस्तान ‘विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स’ नखेल्ने

पाकिस्तान क्रिकेट बोर्ड – पीसीबीले अब विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स, अर्थात् डब्लुसीएल, मा भाग नलिने घोषणा गरेको छ।

लाहोरमा बसेको बोर्ड अफ गभर्नर्सको बैठकपछि पीसीबीले डब्लुसीएलमा दोहोरो मापदण्ड र पक्षपाती रवैया देखिएको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेको छ।

पीसीबीका अनुसार, प्रतियोगिताले खेल भावना विपरीत जानाजानी पाकिस्तानविरुद्ध नखेल्ने टोलीलाई अंक दिएको छ, जुन निकै आपत्तिजनक हो।

विशेषगरी, भारतीय टोलीसँग हुने भनिएका दुई खेल रद्द गरिएपछि पाकिस्तानले चर्को आपत्ति जनाएको छ।
जुलाई २० र जुलाई ३१ मा भारत र पाकिस्तान च्याम्पियन टोलीबीच खेल हुने तय थियो। तर, भारतले समूह चरणको खेल खेलेन र सेमिफाइनलमा त एक बल पनि नखेलेको अवस्थामा वाकओभर पायो।

भारतले प्रतियोगितामा अन्य सबै टोलीहरूसँग भने निर्धारित खेलहरू खेलेको थियो।

यसअघि अगस्ट २ मा बर्मिङ्घममा सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिका च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले पराजित गरेको थियो।

डब्लुसीएल एउटा निजी टी-२० लिग हो, जसमा विश्वभरका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरहरूले सहभागिता जनाएका थिए।

अब पाकिस्तानले यस प्रतियोगितामा आफ्नो टोली नपठाउने स्पष्ट घोषणा गरेको छ।

सम्बन्धित खबर

जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द, रातभरि सम्पर्कविहीन हुन्छन् स्थानीय

जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द,…

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि स्थानीय बासिन्दाले एक अनौठो र गम्भीर समस्या भोगिरहेका छन्। यहाँ हरेक दिन घाम अस्ताएसँगै…
सञ्चालनमा आयो कर्णाली करिडोरको खच्च सडक

सञ्चालनमा आयो कर्णाली करिडोरको खच्च सडक

हुम्ला । दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ। सर्केगाड गाउँपालिका–१ स्थित खच्चमा पहिरो खसेपछि सो…
नेपाली यू–२० महिला रग्बी टोली घोषणा

नेपाली यू–२० महिला रग्बी टोली घोषणा

एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ। प्रतियोगिता आगामी साउन २४ गतेदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *