• साउन १९, २०८२
  • No Comment
  • 4

सञ्चालनमा आयो कर्णाली करिडोरको खच्च सडक

हुम्ला । दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ। सर्केगाड गाउँपालिका–१ स्थित खच्चमा पहिरो खसेपछि सो सडक अवरुद्ध भएको थियो। लगातारको वर्षासँगै आएको पहिरोले सडक पुरिएको थियो, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार पहिरो पन्छाउने काम सकिएसँगै आइतबारदेखि सडक सञ्चालनमा आएको हो। उनका अनुसार सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरो हटाएर सडक खुलाइएको हो। सडक सञ्चालनमा आएसँगै नेपालगञ्ज, सुर्खेत हुँदै हुम्ला आउने–जाने सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

सडक अबरुद्ध हुँदा आवश्यक वस्तुको आपूर्ति प्रभावित हुनुका साथै यात्रुहरूलाई पनि निकै समस्या भएको थियो। अहिले सडक खुलेपछि यात्रुहरू र स्थानीयवासीले राहत महसुस गरेका छन्। कर्णाली करिडोर हुम्लाका लागि एक महत्वपूर्ण जीवनरेखा मानिन्छ, जहाँ सडक अवरुद्ध हुँदा सम्पूर्ण जनजीवन प्रभावित हुन्छ।

सम्बन्धित खबर

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी, को-को छन् टिममा?

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी,…

सुर्खेत।सुर्खेतमा सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशले नयाँ नेतृत्व पाएको छ। महासंघको स्थायी कमिटी सदस्यसमेत रहेका…
मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–१० स्थित चराप गाउँमा लगातारको अविरल वर्षाका कारण नौ घर प्रभावित भएका छन्। साउन ११ गतेदेखि १४…
जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द, रातभरि सम्पर्कविहीन हुन्छन् स्थानीय

जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द,…

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि स्थानीय बासिन्दाले एक अनौठो र गम्भीर समस्या भोगिरहेका छन्। यहाँ हरेक दिन घाम अस्ताएसँगै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *