• साउन १८, २०८२
  • No Comment
  • 91

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक हुने, ५ लाखभन्दा बढी विद्यार्थीको प्रतीक्षा

काठमाडौं, साउन १८ –
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षा परिणाम यही साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अबको तीनदेखि चार दिनभित्रै नतिजा सार्वजनिक हुनेछ।

“हामी यथासक्य चाँडो नतिजा प्रकाशित गर्ने तयारीमा छौँ,” अध्यक्ष शर्माले नेपालखबर सँग कुरा गर्दै बताए, “अहिले अन्तिम तयारीको चरणमा छौं।”

गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरिबाट करिब ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना रहेका छन्।

यस वर्षको परीक्षालाई विशेष बनाएर हेर्नुपर्ने अर्को कारण भनेको प्रारम्भिक तयारीका बीचमा आएको अवरोध हो। बोर्डले चैतमै परीक्षाको मिति तय गरे पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिलो भएर मात्र सुरु भएको थियो। प्रारम्भमा वैशाख ११ बाट सञ्चालन गर्ने तयारी भएपनि, अन्ततः परीक्षा वैशाख २१ मा सुरु भएको थियो।

विद्यालय तहको अन्तिम परीक्षा मानिने कक्षा १२ को नतिजा विद्यार्थीहरूको उच्चशिक्षा र भविष्यको योजना तय गर्ने आधार मानिन्छ। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विश्वविद्यालय भर्ना प्रक्रिया, छात्रवृत्तिका अवसरहरू तथा विदेश अध्ययनको प्रक्रिया अगाडि बढाउनेछन्।

यसैबीच, केही विद्यार्थी र अभिभावकले नतिजा ढिलो हुनुमा असन्तुष्टि जनाउँदै आएका छन्। तर बोर्डले यस पटक नतिजा छिटो सार्वजनिक गर्न प्रविधिको प्रयोगसमेत बढाएको बताएको छ।

परीक्षा परिणाम सार्वजनिक भएपछि, विद्यार्थीहरूले वेबसाइट तथा एसएमएसमार्फत् नतिजा हेर्न सक्नेछन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *