• साउन १८, २०८२
  • No Comment
  • 227

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा फेरबदल, लामाको राजीनामा दिने निर्णय

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आज पदबाट राजीनामा दिने तयारीमा छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामा राजीनामा दिन दबाबमा थिए। उनी आज बिहान हेटौंडा पुगेर प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारीमा छन्। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा लामा र बानियाँबीच छलफल भएको थियो। छलफलमा लामाले अघि सारेका दुई सर्तमा सहमति जुटेपछि राजीनामा दिने निर्णयमा पुगेका हुन्।

लामाले आफूले हालै नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र बानियाँ नेतृत्वको सरकारले आफू पक्षसँग समन्वय गर्नुपर्ने सर्त राखेका थिए। कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार सभापति देउवाले यी सर्तहरू बानियाँलाई स्वीकार गर्न निर्देशन दिएका थिए, जसमा बानियाँ सहमत भएका छन्। लामाले साउन १४ गते कांग्रेसका तर्फबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा उपचारका लागि काठमाडौं गएकाले उनीहरूको शपथ रोकिएको थियो।

देवकोटा आज हेटौंडा फर्किएमा लामाले उनलाई प्रत्यक्ष राजीनामा बुझाउनेछ, अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा पेश गर्ने बताइएको छ। लामाको राजीनामापछि कांग्रेस संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुनेछन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुर सिंह लामाले प्रदेशको नेतृत्व गरिसकेका छन्।

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *