• साउन १७, २०८२
  • No Comment
  • 76

बालबालिकालाई संस्कार सहितको शिक्षा दिन आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताहरूको संरक्षणका लागि बाल्यकालदेखि नै संस्कार सहितको शिक्षा आवश्यक भएको बताएका छन् । शनिबार सुर्खेतस्थित श्री सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बाल विकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएको हुनाले यस कुरामा सचेत हुन आग्रह गरे ।

हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न हामीले सानै उमेरदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । बाल विकास कक्षामा सहभागी बालबालिकाले प्रस्तुत गरेका भजन र श्लोक वाचन लगायतका प्रस्तुतिप्रति मुख्यमन्त्रीले प्रसन्नता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *