• साउन १५, २०८२
  • No Comment
  • 102

जामुन मधुमेहका बिरामीका लागि वरदान, यस्ता छन् सेवन गर्ने ४ असरदार तरिका

साउन १६  गर्मीयाममा पाइने कालो जामुन मधुमेहका बिरामीहरूका लागि एक प्राकृतिक औषधि सावित भएको छ। आयुर्वेद अनुसार जामुनको फल, बीउ, पातमा, जरा र बोक्रा सबै भाग औषधीय गुणले भरिपूर्ण हुन्छन्।

विशेषगरी जामुनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ भने पाचन सुधार, कलेजोको संरक्षण, मिर्गौलाको पत्थरी रोकथाम र आँखा तथा अनुहारको सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ।

आचार्य बालकृष्णका अनुसार जामुन सेवनका विभिन्न तरिका मधुमेह नियन्त्रणमा अत्यन्त प्रभावकारी छन्। पहिलो, जामुनको बीउ, शुन्ठी र गुडमार मिसाएर बनाएको पाउडर एलोभेरा जुसमा मिसाएर पिउन सकिन्छ। दोस्रो, जामुनको जरा सफा गरेर पिसी चिनीमिश्रित मिठाईमा मिसाएर खान सकिन्छ।

तेस्रो, पाकेको जामुन उमालेको पानीमा उमालेर पिसी छानेको रस दिनमा तीन पटक पिउनु लाभदायक हुन्छ। चौथो, जामुनको बोक्रालाई खरानी बनाई ६५० मिलिग्रामदेखि २ ग्रामसम्म दैनिक सेवन गर्दा चिनी नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन्।

जामुनका यी विधिले प्राकृतिक रूपमा मधुमेह नियन्त्रण गर्न सकिने आयुर्वेद शास्त्रको दाबी छ।

सम्बन्धित खबर

लक्ष्मी सनराईज बैंक लिमिटेड चौकुने शाखा गुटुमा एटीएम सेवा संचालन

लक्ष्मी सनराईज बैंक लिमिटेड चौकुने शाखा गुटुमा एटीएम सेवा…

सुर्खेत। चौकुनेमा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको शाखा कार्यालयको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *