• साउन १५, २०८२
  • No Comment
  • 181

जामुन मधुमेहका बिरामीका लागि वरदान, यस्ता छन् सेवन गर्ने ४ असरदार तरिका

साउन १६  गर्मीयाममा पाइने कालो जामुन मधुमेहका बिरामीहरूका लागि एक प्राकृतिक औषधि सावित भएको छ। आयुर्वेद अनुसार जामुनको फल, बीउ, पातमा, जरा र बोक्रा सबै भाग औषधीय गुणले भरिपूर्ण हुन्छन्।

विशेषगरी जामुनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ भने पाचन सुधार, कलेजोको संरक्षण, मिर्गौलाको पत्थरी रोकथाम र आँखा तथा अनुहारको सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ।

आचार्य बालकृष्णका अनुसार जामुन सेवनका विभिन्न तरिका मधुमेह नियन्त्रणमा अत्यन्त प्रभावकारी छन्। पहिलो, जामुनको बीउ, शुन्ठी र गुडमार मिसाएर बनाएको पाउडर एलोभेरा जुसमा मिसाएर पिउन सकिन्छ। दोस्रो, जामुनको जरा सफा गरेर पिसी चिनीमिश्रित मिठाईमा मिसाएर खान सकिन्छ।

तेस्रो, पाकेको जामुन उमालेको पानीमा उमालेर पिसी छानेको रस दिनमा तीन पटक पिउनु लाभदायक हुन्छ। चौथो, जामुनको बोक्रालाई खरानी बनाई ६५० मिलिग्रामदेखि २ ग्रामसम्म दैनिक सेवन गर्दा चिनी नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन्।

जामुनका यी विधिले प्राकृतिक रूपमा मधुमेह नियन्त्रण गर्न सकिने आयुर्वेद शास्त्रको दाबी छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *