साउन १६ — गर्मीयाममा पाइने कालो जामुन मधुमेहका बिरामीहरूका लागि एक प्राकृतिक औषधि सावित भएको छ। आयुर्वेद अनुसार जामुनको फल, बीउ, पातमा, जरा र बोक्रा सबै भाग औषधीय गुणले भरिपूर्ण हुन्छन्।
विशेषगरी जामुनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ भने पाचन सुधार, कलेजोको संरक्षण, मिर्गौलाको पत्थरी रोकथाम र आँखा तथा अनुहारको सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ।
आचार्य बालकृष्णका अनुसार जामुन सेवनका विभिन्न तरिका मधुमेह नियन्त्रणमा अत्यन्त प्रभावकारी छन्। पहिलो, जामुनको बीउ, शुन्ठी र गुडमार मिसाएर बनाएको पाउडर एलोभेरा जुसमा मिसाएर पिउन सकिन्छ। दोस्रो, जामुनको जरा सफा गरेर पिसी चिनीमिश्रित मिठाईमा मिसाएर खान सकिन्छ।
तेस्रो, पाकेको जामुन उमालेको पानीमा उमालेर पिसी छानेको रस दिनमा तीन पटक पिउनु लाभदायक हुन्छ। चौथो, जामुनको बोक्रालाई खरानी बनाई ६५० मिलिग्रामदेखि २ ग्रामसम्म दैनिक सेवन गर्दा चिनी नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन्।
जामुनका यी विधिले प्राकृतिक रूपमा मधुमेह नियन्त्रण गर्न सकिने आयुर्वेद शास्त्रको दाबी छ।