• साउन १३, २०८२
  • No Comment
  • 81

वीरेन्द्रनगर–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन

वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारपछि एम्बुलेन्समार्फत सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे पुग्दा बाटोमै उनकाे मृत्यु भएको हो। पछिल्लो एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित शाहीलाई केही दिनयता निमोनियाले समेत सताएको थियो । वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार घर ल्याउँदै गर्दा बाटोमै उनकाे निधन भएको कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान साढे ११ बजे शाहीको मृत्यु भएको हो।

कार्यवाहक वडाध्यक्षका अनुसार शाहीको दाहसंस्कार भोलि (बुधवार) बिहान ९ बजे भेरी नदी किनारमा गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले पनि बुधबार शोक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका शाही समाजसेवामा सक्रिय भएकाे र उनकाे निधनले वडामा क्षति पुगेको नेकपा एमाले वीरेन्द्रनगर–५ वडाले जनाएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सुदृढ गर्न आज त्रिपक्षीय समझदारी

वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सुदृढ गर्न आज त्रिपक्षीय समझदारी

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकामा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले आज नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर…
वीरेन्द्रनगरको हटियालाइन खाली गर्न ३ महिने अल्टिमेटम, पुराना र जीर्ण पसलहरू हटाइने

वीरेन्द्रनगरको हटियालाइन खाली गर्न ३ महिने अल्टिमेटम, पुराना र…

सुर्खेत।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो एउटा पुरानो र चल्तीको बजारलाई व्यवस्थित गर्ने कदम चालेको छ। नगरपालिकाको वडा नम्बर ६ मा रहेको…
वीरेन्द्रनगरद्वारा नागरिकसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव आह्वान

वीरेन्द्रनगरद्वारा नागरिकसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि…

वीरेन्द्रनगर ।  वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारी थालेको छ। यसै क्रममा नगरपालिकाले नगरको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *