- साउन १३, २०८२
- No Comment
- 80
वीरेन्द्रनगर–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन

वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारपछि एम्बुलेन्समार्फत सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे पुग्दा बाटोमै उनकाे मृत्यु भएको हो। पछिल्लो एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित शाहीलाई केही दिनयता निमोनियाले समेत सताएको थियो । वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार घर ल्याउँदै गर्दा बाटोमै उनकाे निधन भएको कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान साढे ११ बजे शाहीको मृत्यु भएको हो।
कार्यवाहक वडाध्यक्षका अनुसार शाहीको दाहसंस्कार भोलि (बुधवार) बिहान ९ बजे भेरी नदी किनारमा गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले पनि बुधबार शोक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका शाही समाजसेवामा सक्रिय भएकाे र उनकाे निधनले वडामा क्षति पुगेको नेकपा एमाले वीरेन्द्रनगर–५ वडाले जनाएको छ।