• साउन ११, २०८२
  • No Comment
  • 36

मुख्यमन्त्री कडेलको निर्देशन: “हिजोको धङधङ्गीबाट मुक्त भएर काम गर्नुहोस्”

सुर्खेत, ११ साउन — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्मचारीतन्त्रमा व्याप्त परम्परागत सोच र ढर्राबाट बाहिरिएर जनमुखी सेवा प्रवाहमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले कर्मचारीहरू अझै पनि हिजोको “धङधङ्गी”मा अल्झिएको टिप्पणी गर्दै नयाँ सोच र कार्यशैली आवश्यक रहेको बताए।

“मन्त्रालय भनेको कसैलाई दुःख दिने अड्डा होइन, सेवाग्राहीलाई सहजता दिने संस्थान हो भन्ने सोच सबै कर्मचारीमा विकास हुनुपर्छ,” मुख्यमन्त्री कडेलले स्पष्ट पारे। उनले मन्त्रालयबाट सेवाग्राहीलाई गुनासोविहीन सेवा दिन कर्मचारी स्वयं उत्तरदायी रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार नतिजा दिन आग्रह गरे।

मुख्यमन्त्री कडेलले प्रशासनिक नेतृत्वका लागि अब पद र ओहदाभन्दा पनि कार्यसम्पादन र नैतिकता आवश्यक रहेको धारणा राखे। उनले भने, “सिर्फ मन्त्री वा सचिवको पदले मात्र हुँदैन, कामको प्रभावकारिता र नैतिकता मुख्य हो।”

कार्यसम्पादनका क्रममा कतिपय कर्मचारीले जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको भन्दै उनले ती कर्मचारीलाई आत्मसमीक्षा गर्न चेतावनीसमेत दिए। “नियम अनुसारको काम रोक्ने होइन, अगाडि बढाउने हो। काम गर्न नसक्ने हो भने समयमै आफ्नो भूमिकाबारे सोच्नुहोस्,” मुख्यमन्त्रीको स्पष्ट सन्देश थियो।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पुष्पराज शाहीले चालु आर्थिक वर्षमा मन्त्रालयले नागरिक घर बीमा, पत्रकार स्वास्थ्य बीमा, विपद् पीडित राहतजस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। मन्त्रालयको कूल प्रगति ७१ प्रतिशत पुगेको पनि सचिव शाहीले बताए।

मुख्यमन्त्रीको प्रष्ट सन्देशले अब कर्णालीमा सुशासन र जनउत्तरदायी सेवाप्रवाहमा अझ बलियो प्रतिवद्धता आवश्यक भएको संकेत दिएको छ।

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *