• साउन १०, २०८२
  • No Comment
  • 161

आर्थिक अभावले उपचारमा कठिनाइ, खुट्टा गुमाएकी गीता सहयोगको पर्खाइमा

वीरेन्द्रनगर।   वीरेन्द्रनगर नगरपालिका -४, कृष्णटोल निवासी ५० वर्षीया गीता थापा आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी छिन्। बायाँ खुट्टामा फैलिएको गम्भीर संक्रमण क्यान्सरमा परिणत हुन सक्ने जोखिम देखिएपछि चिकित्सकको सल्लाहमा उनको खुट्टा काटिएको हो। तर, शल्यक्रियापछि पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन र कमजोर आर्थिक अवस्थाले थप उपचारमा बाधा पुगेको छ।

गीताका श्रीमान लक्ष्मण थापाका अनुसार करिब एक हप्ताअघि गीताको शल्यक्रिया गरिएको थियो । खुट्टाको संक्रमणले ज्यानै जोखिममा पर्ने देखिएपछि चिकित्सकहरूले खुट्टा काट्नुको विकल्प नरहेको बताउनुभयो । लक्ष्मणले भावुक हुँदै भने श्रीमतीको ज्यान जोगाउन खुट्टा काट्न राजी भयौँ, तर अहिले उपचारलाई निरन्तरता दिन र औषधि किन्न पनि पैसा छैन। शल्यक्रियापछि पनि गीताको स्वास्थ्य अवस्था कमजोर नै रहेको उनले बताए।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थापा परिवारलाई यो बज्रपातले थप संकटमा पारेको छ। उपचारमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै स्थानीय कृष्णटोल विकास संस्थाले सक्रियता देखाएको छ। संस्थाको अगुवाइमा टोलवासीहरूले गीताको उपचारका लागि चन्दा संकलन अभियान सुरु गरेका छन्।

हामीले टोलछिमेकबाट सकेको सहयोग उठाएर परिवारलाई दिएका छौँ, तर यतिले मात्र उपचार सम्भव देखिँदैन टोल विकास संस्थाका अध्यक्षले भने।

थापा परिवारले गीताको जीवनरक्षाका लागि सबै सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ। उनीहरूको पीडामा मल्हम लगाउन र उपचारमा सघाउन चाहनेले सिधै परिवारलाई सम्पर्क गर्न सक्नेछन्।

सम्पर्कका लागि
लक्ष्मण थापा श्रीमान
सम्पर्क नम्बर ९८४८११५८२६

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *