• साउन १०, २०८२
  • No Comment
  • 200

आर्थिक अभावले उपचारमा कठिनाइ, खुट्टा गुमाएकी गीता सहयोगको पर्खाइमा

वीरेन्द्रनगर।   वीरेन्द्रनगर नगरपालिका -४, कृष्णटोल निवासी ५० वर्षीया गीता थापा आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी छिन्। बायाँ खुट्टामा फैलिएको गम्भीर संक्रमण क्यान्सरमा परिणत हुन सक्ने जोखिम देखिएपछि चिकित्सकको सल्लाहमा उनको खुट्टा काटिएको हो। तर, शल्यक्रियापछि पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन र कमजोर आर्थिक अवस्थाले थप उपचारमा बाधा पुगेको छ।

गीताका श्रीमान लक्ष्मण थापाका अनुसार करिब एक हप्ताअघि गीताको शल्यक्रिया गरिएको थियो । खुट्टाको संक्रमणले ज्यानै जोखिममा पर्ने देखिएपछि चिकित्सकहरूले खुट्टा काट्नुको विकल्प नरहेको बताउनुभयो । लक्ष्मणले भावुक हुँदै भने श्रीमतीको ज्यान जोगाउन खुट्टा काट्न राजी भयौँ, तर अहिले उपचारलाई निरन्तरता दिन र औषधि किन्न पनि पैसा छैन। शल्यक्रियापछि पनि गीताको स्वास्थ्य अवस्था कमजोर नै रहेको उनले बताए।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थापा परिवारलाई यो बज्रपातले थप संकटमा पारेको छ। उपचारमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै स्थानीय कृष्णटोल विकास संस्थाले सक्रियता देखाएको छ। संस्थाको अगुवाइमा टोलवासीहरूले गीताको उपचारका लागि चन्दा संकलन अभियान सुरु गरेका छन्।

हामीले टोलछिमेकबाट सकेको सहयोग उठाएर परिवारलाई दिएका छौँ, तर यतिले मात्र उपचार सम्भव देखिँदैन टोल विकास संस्थाका अध्यक्षले भने।

थापा परिवारले गीताको जीवनरक्षाका लागि सबै सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ। उनीहरूको पीडामा मल्हम लगाउन र उपचारमा सघाउन चाहनेले सिधै परिवारलाई सम्पर्क गर्न सक्नेछन्।

सम्पर्कका लागि
लक्ष्मण थापा श्रीमान
सम्पर्क नम्बर ९८४८११५८२६

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *