• साउन ९, २०८२
  • No Comment
  • 92

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको  मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित आफ्नै घरमा  घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, आचार्य दम्पतीले बिहान  १०:४५ बजे आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस टुक्र्याइरहेका थिए । सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै घाइते दम्पतीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही बेरमै करिब ११:१५ बजे उपचारकै क्रममा उनीहरु दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायब निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *