• साउन ८, २०८२
  • No Comment
  • 78

अझै फेला परेनन् भेरी नदीमा टिपरसहित खसेका तीन जना

रुकुम पश्चिमको आठबीसकोटमा एउटा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साउन ६ गते भएको यो दुःखद घटनामा परेकाहरूको खोजी कार्य अझै जारी छ, तर नदीको तेज बहाव र अप्ठ्यारो भूगोलका कारण उद्धार टोलीलाई ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।

यो घटना साउन ६ गते साँझ करिब पौने ८ बजेतिर भएको हो । जाजरकोटको नलगाड नगरपालिकाबाट रुकुम पश्चिमको छेपारेतर्फ जाँदै गरेको रा १ क १५०१ नम्बरको टिपर आठबीसकोट नगरपालिका–१४, पिपलचौर नजिकै अनियन्त्रित भई भेरी नदीमा खसेको थियो। दुर्घटनामा दाङका चालक मनिराम चौधरी, रुकुम पश्चिम सानिभेरीका धनविर बराइली र रुकुम पूर्व सिस्नेका हरि विक सवार थिए, जो हालसम्म सम्पर्कविहीन छन्। खबर पाउनासाथ जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीको संयुक्त टोली उद्धारका लागि खटिएको थियो। दुर्घटनाग्रस्त टिपर घटनास्थलबाट करिब ५०० मिटर तल फेला परे पनि त्यसमा सवार व्यक्तिहरू भने भेटिएका छैनन्। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

रुकुम पश्चिममा भिरबाट खसेर किशोरको मृत्यु

रुकुम पश्चिममा भिरबाट खसेर किशोरको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ मा  भिरबाट खसेर १७ वर्षीय किशोरको मृत्यु भएकाे छ । शनिबार दिउँसो साथीहरूसँग बाख्रा चराउन जंगल गएका…
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्य

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्य

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार…
रुकुम पश्चिममा खोलामा बगेर एक जनाको मृत्यु

रुकुम पश्चिममा खोलामा बगेर एक जनाको मृत्यु

रुकुम पश्चिममा खोलामा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका- १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *