• साउन ७, २०८२
  • No Comment
  • 108

हुम्लामा ट्याक्टर दुर्घटना, एक युवकको मृत्यु, १४ जना घाइते

हुम्लाको खार्पुनाथ गाउँपालिकामा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने व्यक्ति खार्पुनाथ गाउँपालिका–७ का २० वर्षीय मिलन बोहरा रहेको पुष्टि भएको छ । दुर्घटना स्थानीय कच्ची सडकमा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा भएको हो  ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ भने गम्भीर घाइतेलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। सामाजिक सन्देश:
यो दुःखद खबर सकेसम्म धेरै सेयर गरी सम्बन्धित निकायको ध्यानाकर्षण गरौं । सडक सुरक्षा र नियमित सवारी जाँचको व्यवस्था अबको आवश्यकताको विषय बनेको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *