• साउन ७, २०८२
  • No Comment
  • 153

आज गायिका हरिमाया कार्कीको तिज कोसेली ‘छोरीको मर्म’ सार्वजनिक हुँदै

सुर्खेत। लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर नयाँ गीत ‘छोरीको मर्म’ बजारमा ल्याउने तयारी गरेकी छिन्। गीतको पहिलो पोस्टर सार्वजनिक गर्दै उनले साउन ७ गते साँझ ५:१५ बजे आफ्नो आधिकारिक युट्युब च्यानलबाट भिडियो रिलिज गर्ने जानकारी दिएकी हुन्।

‘छोरीको मर्म’ बोलको यस मार्मिक गीतमा स्वर, शब्द र संगीत स्वयं गायिका कार्कीको नै रहेको छ भने गीतलाई खेमराज गौतमले एरेन्ज गरेका छन्। गीतले विशेषगरी छोरीहरूले भोग्नुपर्ने वेदना, उनीहरुको भावना र संवेदनालाई समेटेको अनुमान गर्न सकिन्छ।

कृपा एण्ड कृतिका प्रोडक्सनको प्रस्तुतिमा बनेको म्युजिक भिडियोलाई चन्द्र ब. मन्दिर मगरले निर्देशन गरेका हुन्। सार्वजनिक पोस्टरमा भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई देखाइएको छ, जसमा अभिनेत्री लक्ष्मी गिरीका साथै जानकी पुन मगर, समिक्षा सुनार र चन्द्रिका रावलको अभिनय देख्न सकिनेछ। भरत कुमालले खिचेको भिडियोलाई निर्मल प्याकुरेलले सम्पादन गरेका छन्।

गीत ‘हरिमाया कार्की अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक हुनेछ र यो स्पोटिफाई, एप्पल म्युजिक, टिकटक लगायत विभिन्न डिजिटल प्लेटफर्ममा पनि उपलब्ध हुने निर्माण पक्षले जनाएको छ। तिजको कोसेलीको रुपमा आउन लागेको यो गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण टिम विश्वस्त छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *