• साउन ७, २०८२
  • No Comment
  • 317

आज गायिका हरिमाया कार्कीको तिज कोसेली ‘छोरीको मर्म’ सार्वजनिक हुँदै

सुर्खेत। लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर नयाँ गीत ‘छोरीको मर्म’ बजारमा ल्याउने तयारी गरेकी छिन्। गीतको पहिलो पोस्टर सार्वजनिक गर्दै उनले साउन ७ गते साँझ ५:१५ बजे आफ्नो आधिकारिक युट्युब च्यानलबाट भिडियो रिलिज गर्ने जानकारी दिएकी हुन्।

‘छोरीको मर्म’ बोलको यस मार्मिक गीतमा स्वर, शब्द र संगीत स्वयं गायिका कार्कीको नै रहेको छ भने गीतलाई खेमराज गौतमले एरेन्ज गरेका छन्। गीतले विशेषगरी छोरीहरूले भोग्नुपर्ने वेदना, उनीहरुको भावना र संवेदनालाई समेटेको अनुमान गर्न सकिन्छ।

कृपा एण्ड कृतिका प्रोडक्सनको प्रस्तुतिमा बनेको म्युजिक भिडियोलाई चन्द्र ब. मन्दिर मगरले निर्देशन गरेका हुन्। सार्वजनिक पोस्टरमा भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई देखाइएको छ, जसमा अभिनेत्री लक्ष्मी गिरीका साथै जानकी पुन मगर, समिक्षा सुनार र चन्द्रिका रावलको अभिनय देख्न सकिनेछ। भरत कुमालले खिचेको भिडियोलाई निर्मल प्याकुरेलले सम्पादन गरेका छन्।

गीत ‘हरिमाया कार्की अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक हुनेछ र यो स्पोटिफाई, एप्पल म्युजिक, टिकटक लगायत विभिन्न डिजिटल प्लेटफर्ममा पनि उपलब्ध हुने निर्माण पक्षले जनाएको छ। तिजको कोसेलीको रुपमा आउन लागेको यो गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण टिम विश्वस्त छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *