• साउन ६, २०८२
  • No Comment
  • 93

रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने गिरोहका आठ जना पक्राउ

सुर्खेत। रोजगारीको प्रलोभन देखाएर नेटवर्किङ व्यवसायमार्फत करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एक गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उक्त ठगीमा संलग्न कम्पनीका संचालक सहित आठ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाका अनुसार, वीरेन्द्रनगर -३, मुलपानी चोकस्थित ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि.मार्फत उक्त गिरोहले बेरोजगार युवायुवतीलाई निशाना बनाएको थियो। उनीहरूले ‘ग्लोबल ओरियन्स नेपाल प्रा.लि. मा आबद्ध गराई सीप सिकाउने र राम्रो तलबसहितको जागिर दिलाउने आश्वासन दिन्थे। सुरुमा वार्षिक २०,००० रुपैयाँ लिएर तालिम र बस्ने(खाने व्यवस्था मिलाउने भन्दै प्रलोभनमा पारी, पछि आफ्नो मातहत नयाँ सदस्य बनाउन लगाइन्थ्यो। प्रत्येक नयाँ सदस्यबाट ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुल्दै करोडौंको ठगी गरेको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीले प्रा.लि.का संचालक डोटीका २६ वर्षीय नरेश बोहोरा सहित आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा दार्चुलाका २४ वर्षीय कृष्ण धामी, अछामका २४ वर्षीय कमल शाही र २२ वर्षीय रविन्द्र शाही, कञ्चनपुरकी २२ वर्षीया मनिषा सिंह र २१ वर्षीया निर्मला धामी, बैतडीकी २२ वर्षीया सुनिता साउद तथा डोटीकी २२ वर्षीया कमला चिमाला रहेका छन्।
उनीहरू सबै हाल सुर्खेत वीरेन्द्रनगरमा बस्दै आएका थिए । पक्राउ परेका सबैलाई ठगी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *