• साउन ६, २०८२
  • No Comment
  • 148

बंगलादेशमा प्रशिक्षण विमान दुर्घटनाः २५ बालबालिकासहित २७ जनाको मृत्यु

बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा सोमबार भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। मृतकमध्ये २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेका छन् । ढाका ट्रिब्युनको रिपोर्टअनुसार, दुर्घटनामा परी घाइते भएका ७८ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले मृत्यु हुनेहरूको संख्या सार्वजनिक गरेका हुन्।

उनका अनुसार हालसम्म २० जनाको शव आफन्तलाई बुझाइएको छ। डा. सैयदुरले गम्भीर रुपमा जलेका बालबालिकाको उपचार भइरहेको जनाउँदै अस्पतालमा भीड नगर्न आम नागरिकलाई अनुरोध गरेका छन् । “हामीसँग पर्याप्त रक्तदाता छन्  तर केही नकारात्मक रक्त समूहहरू अझै आवश्यक पर्न सक्छ,” उनले भने । अन्तर सेवा जनसम्पर्क निर्देशनालय (ISPR) का अनुसार, एफटी–७बीजीआई मोडेलको लडाकु प्रशिक्षण विमान सोमबार दिउँसो १:०६ बजे कुर्मिटोला एयरबेसबाट उडेपछि केही मिनेटमै प्रविधिगत खराबीका कारण १:१८ बजे दुई तले विद्यालय भवनमा खसेको थियो । दुर्घटनापछि देशभर शोक व्यक्त गरिएको छ, र घटनाको छानबिन थालिएको बंगलादेश सरकारले जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *