• साउन ६, २०८२
  • No Comment
  • 236

बंगलादेशमा प्रशिक्षण विमान दुर्घटनाः २५ बालबालिकासहित २७ जनाको मृत्यु

बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा सोमबार भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। मृतकमध्ये २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेका छन् । ढाका ट्रिब्युनको रिपोर्टअनुसार, दुर्घटनामा परी घाइते भएका ७८ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले मृत्यु हुनेहरूको संख्या सार्वजनिक गरेका हुन्।

उनका अनुसार हालसम्म २० जनाको शव आफन्तलाई बुझाइएको छ। डा. सैयदुरले गम्भीर रुपमा जलेका बालबालिकाको उपचार भइरहेको जनाउँदै अस्पतालमा भीड नगर्न आम नागरिकलाई अनुरोध गरेका छन् । “हामीसँग पर्याप्त रक्तदाता छन्  तर केही नकारात्मक रक्त समूहहरू अझै आवश्यक पर्न सक्छ,” उनले भने । अन्तर सेवा जनसम्पर्क निर्देशनालय (ISPR) का अनुसार, एफटी–७बीजीआई मोडेलको लडाकु प्रशिक्षण विमान सोमबार दिउँसो १:०६ बजे कुर्मिटोला एयरबेसबाट उडेपछि केही मिनेटमै प्रविधिगत खराबीका कारण १:१८ बजे दुई तले विद्यालय भवनमा खसेको थियो । दुर्घटनापछि देशभर शोक व्यक्त गरिएको छ, र घटनाको छानबिन थालिएको बंगलादेश सरकारले जनाएको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *