• साउन ४, २०८२
  • No Comment
  • 63

गर्मीमा तरभुजको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

असार ५ ।  गर्मीयाममा पाइने र स्वादमा मिठो मानिने तरभुज स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्त लाभदायक फल हो। अत्यधिक तापक्रममा शरीरलाई शीतलता दिने, शरीरको पानीको कमी पूर्ति गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणका कारण गर्मीको मौसममा यसको सेवन विशेष फाइदाजनक मानिन्छ।

तरभुजमा करिब ९० प्रतिशत पानी पाइन्छ। जसले शरीरमा पानीको कमी हुन दिँदैन। यसले शरीरलाई चिसो बनाउने मात्र होइन, छालालाई पनि ताजा राख्न सहयोग गर्छ। सन् २००९ मा गरिएको एबरडिन मेडिकल स्कुल युनिभर्सिटीको एक अध्ययन अनुसार तरभुजमा भएको पानीले शरीरलाई ठूलो लाभ पुर्‍याउने देखिएको छ।

यसमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन ए, बी र सी का साथै आइरन, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस र पोटासियमजस्ता महत्वपूर्ण तत्व भरपुर मात्रामा पाइन्छन्। विशेषगरी पोटासियमको मात्रा उच्च भएकाले मुटुको स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने केन्टकी युनिभर्सिटीको अध्ययनले देखाएको छ।

उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि तरभुज लाभदायक मानिन्छ। फ्लोरिडा स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार मोटोपन र उच्च रक्तचापबीच गहिरो सम्बन्ध हुन्छ, र तरभुजको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रणमा मद्दत गर्छ।

यसबाहेक, तरभुज तौल घटाउने प्राकृतिक उपायका रूपमा समेत उपयोगी मानिन्छ। यसमा पाइने सिट्रलिन नामक तत्वले शरीरमा बोसो जम्न नदिने र तौल घटाउन सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन्। पेट भरीएको महसुस गराउने हुनाले थोरै खानामा पनि सन्तुष्टि मिल्ने र मोटोपनबाट बच्न सकिने विश्वास गरिएको छ।

स्वादिलो मात्र नभई पोषिलो तथा स्वास्थ्यवर्धक भएको कारण गर्मीयाममा तरभुजको नियमित सेवन गर्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *