• साउन ४, २०८२
  • No Comment
  • 144

गर्मीमा तरभुजको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

असार ५ ।  गर्मीयाममा पाइने र स्वादमा मिठो मानिने तरभुज स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्त लाभदायक फल हो। अत्यधिक तापक्रममा शरीरलाई शीतलता दिने, शरीरको पानीको कमी पूर्ति गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणका कारण गर्मीको मौसममा यसको सेवन विशेष फाइदाजनक मानिन्छ।

तरभुजमा करिब ९० प्रतिशत पानी पाइन्छ। जसले शरीरमा पानीको कमी हुन दिँदैन। यसले शरीरलाई चिसो बनाउने मात्र होइन, छालालाई पनि ताजा राख्न सहयोग गर्छ। सन् २००९ मा गरिएको एबरडिन मेडिकल स्कुल युनिभर्सिटीको एक अध्ययन अनुसार तरभुजमा भएको पानीले शरीरलाई ठूलो लाभ पुर्‍याउने देखिएको छ।

यसमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन ए, बी र सी का साथै आइरन, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस र पोटासियमजस्ता महत्वपूर्ण तत्व भरपुर मात्रामा पाइन्छन्। विशेषगरी पोटासियमको मात्रा उच्च भएकाले मुटुको स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने केन्टकी युनिभर्सिटीको अध्ययनले देखाएको छ।

उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि तरभुज लाभदायक मानिन्छ। फ्लोरिडा स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार मोटोपन र उच्च रक्तचापबीच गहिरो सम्बन्ध हुन्छ, र तरभुजको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रणमा मद्दत गर्छ।

यसबाहेक, तरभुज तौल घटाउने प्राकृतिक उपायका रूपमा समेत उपयोगी मानिन्छ। यसमा पाइने सिट्रलिन नामक तत्वले शरीरमा बोसो जम्न नदिने र तौल घटाउन सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन्। पेट भरीएको महसुस गराउने हुनाले थोरै खानामा पनि सन्तुष्टि मिल्ने र मोटोपनबाट बच्न सकिने विश्वास गरिएको छ।

स्वादिलो मात्र नभई पोषिलो तथा स्वास्थ्यवर्धक भएको कारण गर्मीयाममा तरभुजको नियमित सेवन गर्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *