• साउन ४, २०८२
  • No Comment
  • 80

राष्ट्र बैंकद्वारा आइतबार ५० अर्ब निक्षेप संकलन गरिँदै ।

 नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ ।  केन्द्रीय बैंकका अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ४२ दिनका लागि यो रकम संकलन गरिनेछ । संकलित रकमको सावाँ तथा ब्याज आगामी भदौ १५ गते भुक्तानी गरिनेछ । निक्षेप संकलन मौद्रिक व्यवस्थापन अन्तर्गतको एक उपकरण हो, जसबाट केन्द्रीय बैंकले प्रणालीबाट तरलता घटाउने प्रयत्न गर्छ ।

बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गर्दा ५ करोडको गुणांकमा रकम प्रस्ताव गर्नुपर्नेछ ।  बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *