- साउन ४, २०८२
- No Comment
- 80
राष्ट्र बैंकद्वारा आइतबार ५० अर्ब निक्षेप संकलन गरिँदै ।

नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ । केन्द्रीय बैंकका अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ४२ दिनका लागि यो रकम संकलन गरिनेछ । संकलित रकमको सावाँ तथा ब्याज आगामी भदौ १५ गते भुक्तानी गरिनेछ । निक्षेप संकलन मौद्रिक व्यवस्थापन अन्तर्गतको एक उपकरण हो, जसबाट केन्द्रीय बैंकले प्रणालीबाट तरलता घटाउने प्रयत्न गर्छ ।
बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गर्दा ५ करोडको गुणांकमा रकम प्रस्ताव गर्नुपर्नेछ । बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।